Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसियाली पाँच देशबाट बहराइन आउन प्रतिबन्ध

एसियाली पाँच देशबाट बहराइन आउन प्रतिबन्ध


बहराइन ।
बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो । कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई ‘रेड लिष्ट’मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परीक्षण गरिएको पीसीआरको रिपोर्ट देखाउनुपर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्त राखिएको छ । पाँच देशबाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ । उनीहरुले पीसीआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाइ छ । क्वारेन्टाइन वा पीसीआरमध्ये एउटा मात्रै अनिवार्य गरिएको हो । यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया