Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको गोपनीयता नियमविरुद्ध अदालत गयो ह्वाट्स एप

भारतको गोपनीयता नियमविरुद्ध अदालत गयो ह्वाट्स एप


नयाँ दिल्ली ।
सामाजिक सञ्जाल कम्पनी ह्वाट्स ए पभारतीय सरकारको नयाँ डिजिटल नियमविरुद्ध अदालत गएको छ । फेसबुकअन्तर्गतको कम्पनीले नयाँ नियमले गोपनीयताको रक्षाविरुद्ध कार्य गर्न लगाउने भन्दै अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।

एजेन्सीहरुका अनुसार च्याट कोबाट भयो भन्ने ट्रेस गर्न भारतीय सरकारले नियम ल्याएको थियो । गत फेब्रुअरीमा सरकारले सामाजिक सञ्जालका विषयवस्तु नियन्त्रणसम्बन्धी नयाँ कार्यविधि ल्याएको थियो ।

भारत ह्वाट्सएपको विशाल बजार हो । यहाँ उसका ४० करोड प्रयोगकर्ता रहेका छन् । सरकारी नियमले सामाजिक सञ्जालसम्बन्धी नियममा सूचनाको पहिलो स्रोतबारे सम्बन्धित कम्पनीले अभिलेख राख्नुपर्ने उल्लेख गरेको थियो ।

सोही नियमविरुद्ध ह्वाट्सएपले दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेको हो । दायर मुद्दामा उसले नयाँ नियमलाई असंवैधानिक घोषणा गर्न माग गरेको छ । ह्वाट्सएपले यो नियमले प्रयोगकर्ताको गोपनीय अधिकार कुण्ठित हुने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया