Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाँच प्रतिशतले घट्यो बिटक्वाइनको मूल्य

पाँच प्रतिशतले घट्यो बिटक्वाइनको मूल्य


लन्डन ।
बिटक्वाइनको मूल्य पछिल्लोपटक फेरि ५.१६ प्रतिशतले घटेको छ । उक्त दरमा घटेपछि शनिबार बिटक्वाइन ३३ हजार आठ सय ४९ दशमलव ४७ अमेरिकी डलरमा आइपुगेको छ ।

पछिल्लो कारोबार हुँदा भर्चुअल मुद्राले एक हजार आठ सय ४२ दशमलव ९९ अमेरिकी डलर गुमाएको हो । त्यस्तै एथेरियम ब्लकचेन नेटवकसँग सम्बन्धित एथरको मूल्य पनि ६.२६ प्रतिशतले घटेर दुई हजार दुई सय ६२ दशमलव ०६ अमेरिकी डलर कायम भएको छ । यसले एक सय ५१ दशमलव ११ डलर मूल्य गुमाएको हो ।

अप्रिल १४ मा यो वर्ष ६४ हजार आठ सय ९५ अमेरिकी डलरसम्म पुगेको संसारकै ठूलो र चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन हालसम्म झण्डै ४७.८ प्रतिशतले घटेको छ । यस क्षेत्रमा नियामक निकायहरुले कडाइ गरेसँगै बितेका महिनामा ३८ प्रतिशतले भर्चुअल मुद्राको मूल्य घटेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया