Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनाओमी ओसाकालाई नाइक कम्पनीको समर्थन

नाओमी ओसाकालाई नाइक कम्पनीको समर्थन


लन्डन ।
चर्चित कम्पनी नाइक र अन्य मुख्य स्पोन्सरहरु टेनिस खेलाडी नाओमी ओसाकाको समर्थनमा उभिएका छन् । ओसाकाले विवादका कारण फ्रेन्च ओपन टेनिस नखेल्ने निर्णय गरेकी थिइन् ।

खेलसामग्री उत्पादन गर्ने कम्पनीले सन् २०१९ मा ओसाकालाई प्रायोजन गर्ने सम्झाौता गरेको थियो । सोमबार कम्पनीले नाओमीको समर्थनमा वक्तव्य निकालेको हो । उनले अहिले मानसिक तनाव लिइरहेको भन्दै कम्पनीले आफूहरु उनको पक्षमा रहेको बताएका छन् ।

बीचैमा प्रतियोगिता छाडेपछि उनलाई मिडियामा आफ्नो पहिलो राउन्डको खेलबारे नबोलेकोमा १५ हजार अमेरिकी डलर जरिवाना तिराइएको थियो । आफूलाई मानसिक तनाव भइरहेको भन्दै उनले मिडियामा नबोल्ने बताएकी थिइन् ।

उनले सन् २०१८ मा पहिलो ग्रान्ड स्ल्याम उपाधि जितेपछि नै आफू मानसिक तनावमा रहेको गत बुधबार ट्विटरमार्फत जनाएकी थिइन् । नियमानुसार उनले मिडियामा बोल्नुपर्ने हुन्छ । त्यसपछि नाइकसाँगै अन्य प्रायोजकहरुले समेत ओसाकाको पक्ष लिएका छन् । उनी जापानमा जन्मे पनि अमेरिकामा हुर्किएकी थिइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया