Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’को चर्चा

भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’को चर्चा


नयाँ दिल्ली ।
कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो ।

कोरोनाभाइरस संक्रमणविरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्देश्यले ‘भ्याक्सिन पासपोर्ट’को अभ्यास सुरु भएको छ । भारतले पनि कोरोनाभाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सीन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ ।

दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिए । ‘यसबारे हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभर नै छलफलको विषय बनिरहेको छ’, उनले भने ।

कतिपय विकासशिल मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टीकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे । ‘भ्याक्सीन पासपोर्ट’भन्दा ठूलो कुरा सबैले समान रुपमा भ्याक्सिन पाउनुपर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ’, उनले भने ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया