Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिनमा ६० हजार संक्रमित दैनिक संक्रमितको संख्या घट्दो

भारतमा एकै दिनमा ६० हजार संक्रमित दैनिक संक्रमितको संख्या घट्दो


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार सात सय ५३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । पछिल्ला तथ्यांकलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार छ सय ४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ । त्यसैगरी सोही अवधिमा कुल ९७ हजार सात सय ४३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार पाँच सय ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये सात लाख ६० हजार १९ जना अहिले पनि संक्रमित अवस्थामै रहेको पाइएको छ । कोरोनाभाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८६ लाख ७८ हजार तीन सय ९० रहेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया