Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने


बेइजिङ ।
चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५ सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रिट जर्नल’मा उल्लेख छ । रिपोर्टअनुसार सरकारले चीनको चालु पञ्चबर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ ।

चीनको राष्ट्रिय तथ्यांक विभागले मेमा सार्वजनिक तथ्यांकमा देशको जन्म दर सन् २०१६ देखि सन् २०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिएको थियो । सन् १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ‘द वाल जर्नल’ भनिएको छ, ‘चीनले जन्मदर कम भएका क्षेत्रहरूमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्नेछ र क्रमशः अन्य प्रान्तहरूमा पनि यो योजना अघि बढाउनेछ ।’

चीनले जनसंख्या नियन्त्रणका लागि महिलाहरूलाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनसंख्या अधिक भएको छ । जनसंख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिहरूको कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।

गत वर्ष परिवर्तनको बाबजुद, चीनले खाद्य संकटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रतिवर्षको नवजात शिशुहरूको जन्म दरमाकमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ । चीनमा अहिले पनि प्रति व्यक्ति आय अझै पनि छिमेकी दक्षिण कोरियाभन्दा आधा कम रहेको अमेरिकी पत्रिका वासिङटन पोस्टले हालै उल्लेख गरेको छ ।

यसअघि सीएनएनमा प्रकाशित एक लेखमा केही विज्ञहरूलाई उद्धृत गरी बेइजिङले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ । बेन वेस्टकोटले सीएनएनमा लेखेका छन्, ‘चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिंको मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।’

यसबाहेक, चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्मदरमा नियन्त्रण कायम राखेको कतिपय चिनियाँ प्रशासनका आलोचकहरूले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसंख्या वृद्धिका कारण आएको खाद्य संकट र अनियन्त्रित जनसंख्या वृद्धि रोक्नु नै ४० वर्षपहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि वरदान बनेको थियो । तर पछिल्लो दशकहरूमा अन्य विकशित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बुढ्यौली जनसंख्या वृद्धिको प्रमुख कारण हो ।

कुनै समय अत्यधिक जनसंख्याका कारण असहज बनेको चिनियाँ खाद्य संकट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।
चीनको विकासको क्रममा नीतिले सफलतापूर्वक जन्मदरमा कडाइ भएका कारण यसको नकारात्मक प्रभाव हालैका वर्षहरूमा युवा जनसंख्यामा कमी देखिनुलाई मानिएको छ । अधिकारीहरूले देशको आर्थिक वृद्धिको शक्तिलाई थप सशक्त पार्न पर्याप्त युवा श्रमिकहरू हुनुपर्दछ तर चीनको अहिलेको अवस्थाले योभन्दा भिन्न स्थितिको सामना गर्नुपर्ने विज्ञहरूको सुझाव आएका कारण सरकारले बच्चा जन्माउने सीमालाई हटाउन लागेको भनाइहरूमा थप सत्यता देख्न सकिन्छ ।

यो जनसंख्या समस्यालाई सम्बोधन गर्न चीनले सन् २०१६ देखि एक दम्पत्ती एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै वर्षदेखि एक दम्पतीले तीन बच्चा जन्माउन सक्ने प्रावधान ल्याइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया