Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलको बजार एकाधिकारबारे जर्मनीमा अनुसन्धान

एप्पलको बजार एकाधिकारबारे जर्मनीमा अनुसन्धान


बर्लिन ।
बजार प्रतिस्पर्धाबारे नियमन गर्ने जर्मन अधिकारीहरुले चर्चित कम्पनी एप्पलको बजार एकाधिकारबारे अनुसन्धान सुरु गरेको छ । द फेडेरल कार्टेल अफिस (एफसीओ) ले अनुसन्धानको सुरुमा कम्पनीको बजारमा सर्वोच्चताबारे हेरिने जनाएको छ ।

यता एप्पलले भने एफसीओको ध्यानाकर्षणबारे खुल्ला वार्ताबारे सोचिरहेको जनाएको छ । फेसबुक, अमेजन र गुगलजस्ता अन्य बहुराष्ट्रिय प्रविधि कम्पनीहरुले पनि एप्पलले जस्तै अनुसन्धानको सामना गरिरहेका छन् । जर्मनीमा पछिल्लो समय प्रतिस्पर्धासम्बन्धी नयाँ कानुन कार्यान्वयनमा आएको छ ।

एफसीओाका अध्यक्ष आन्द्रे मन्ड्टले एक वक्तव्वयमा एप्पलको डिजिटल इकोसिस्टम आईओएस र यसले बजारमा पारेको प्रभावबारे परीक्षण गर्ने जनाइएको छ । अनुसन्धानको मुख्य केन्द्रविन्दु एप स्टोर हुनेछ । यही स्टोरले थर्ड पार्टीका व्यावसायिक गतिविधिमा प्रभाव पार्न एप्पललाई धेरै बाटाहरु दिएको हुन्छ ।

गत जुन महिनामा बेलायतको प्रतिस्पर्धा र बजार अधिकार (सीएमए) निकायले एप्पल र गुगलविरुद्ध मोबाइल स्टोर, अपरेटिङ सिस्टम र वेब ब्राउजरलाई लिएर अनुसन्धान गरिरहेको बताएको थियो ।

सुरुवाती अनुसन्धानबाट प्राप्त नतिजाअनुसार एप्पलको विशेष अभ्यासबारे विस्तृत अनुसन्धान हुने भएको छ । एफसीओले एप्पलको बजार अभ्यासलाई लिएर धेरै उजुरी परेको जनाएको छ । सोही कारण एप्पलविरुद्ध थप अनुसन्धान हुनसक्नेछ ।
जर्मनीमा एप्पलको आईओएस एप कम्पनीले साढे दुई लाखभन्दा धेरै रोजगारी दिएको दाबी गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया