Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमेसेजिङ एप विकर किन्दै अमेजन

मेसेजिङ एप विकर किन्दै अमेजन


वासिड.टन ।
चर्चित कम्पनी अमेजनले मेसेजिङ एप्लिकेसन विकर खरिद गर्ने भएको छ । कम्पनीले व्यवसायी, सरकारी संस्था र व्यक्तिहरुलाई सुरक्षित सञ्चारको सुविधा दिने उद्देश्यले विकर खरिद गर्नलागेको जनाएको छ ।

रोयटर्सका अनुसार दुई कम्पनीको सम्झौता के कसरी भएको छ भन्ने विस्तृतमा खुलाएका छैनन् । अमेजनले एक वक्तव्य जारी गर्दै आफ्नो अमेजन वेब सर्भिस (एडब्ल्यूएस) विभागमा विकरलाई समावेश गर्ने जनाएको छ । एडब्ल्युएसले क्लाउड कम्प्युटिङ र अन्य सेवा प्रदान गर्छ । यसले विकरको सेवालाई पनि निरन्तरता दिनेछ भने मेसेज एन्ड टु एन्ड इन्क्रिप्टेट कम्युनिकेसनमा आधारित हुनेछ ।

पछिल्लो समय सुरक्षाको लागि यही माध्यममा सन्देश आदानप्रदानको प्रयोग बढेको छ । विकरले आफ्नो सञ्चार शैली सैन्य क्षेत्रको जस्तै अत्यन्त सुरक्षित रहेको दाबी गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया