Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेजोसलाई उछिन्दै ब्रान्सनले ११ जुलाईमै अन्तरिक्ष यात्रा गर्ने

बेजोसलाई उछिन्दै ब्रान्सनले ११ जुलाईमै अन्तरिक्ष यात्रा गर्ने


अमेरिका ।
सर रिचार्ड ब्रान्सनले जुलाई ११ मा आफूले अन्तरिक्ष याात्रा गर्नलागेको खुलासा गरेका छन् । उनले कि ११ जुलाईमा कि भने त्यसलगत्तै केही दिनमा अन्तरिक्ष यात्रा गर्ने बताएको बीबीसीले जनाएका छन् ।

युनिटी रकेट प्लेनको पछाडिपट्टि यात्रुका रुपमा रहनेछन् । उनको भर्जिन गालाक्टिक कम्पनीले अमेरिकामा रकेटका महत्वपूर्ण पार्टपुर्जा विकास गरेको लगभग दुई दशक नाघिसकेको छ । उक्त यानले ९० किमि उचाइसम्म जानसक्छ । उक्त उचाइमा पुग्दा यसका यात्रीले तौल कम भएको केही मिनेट अनुभव गर्नेछन् । साथै त्यहाँबाट पृथ्वीको गोलाकार दृश्य देख्न पाइनेछ । सर रिचार्डको चाहना व्यावसायिक अन्तरिक्ष उडान सेवा दिन चाहन्छन् । छ सयजति व्यक्तिले यात्राको लागि चाहना देखाइसकेका छन् ।

यो यात्रामा जान चाहनेले साढे दुई लाख ५० हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने हुनसक्ने बताइएको छ । गत हप्ता फेडेरल एभिएसन प्रशासनबाट व्यावसायिक अन्तरिक्ष उडानको अनुमति पाएको थियो ।

११ जुलाईमा मौसमले साथ दिए र योजनाअनुसार काम भए द गालाक्टिक टिमले महत्वपूर्ण सफलता हात लाग्नेछ । त्यतिमात्र नभई अर्बपति जेफ बेजोसलाई पनि ब्रान्सनले अन्तरिक्ष उडानमा पछि पार्नेछन् । बेजोस पनि जुलाई २० मा अन्तरिक्ष यात्रामा निस्किने तयारीमा छन् । बेजोस तीन जना अरुलाई साथ लिएर उडानमा निस्किनलागेका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया