Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपेन्टागनले रद्द ग-यो माइक्रोसफ्टसँगको १० अर्बको सम्झौता

पेन्टागनले रद्द ग-यो माइक्रोसफ्टसँगको १० अर्बको सम्झौता


अमेरिका ।
अमेरिकी सेनाले अर्बौँ डलरको क्लाउड कम्प्युटिङ ठेक्का सम्झौता रद्द गरेको छ । यो सम्झौताको कारण माइक्रोसफ्ट र अमेजनबीच वैमनश्य बढाएको थियो । अमेरिकी रक्षा विभागले १० अर्ब डलरका सम्झौताले अहिलेको प्रविधि वातावरणमा रुपान्तरित हुने आवश्यकता पूरा नहुने जनाएको छ ।

चर्चित कम्पनी माइक्रोसफ्टले यो ठेक्का पाएको थियो तर अमेजनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जोडबलमा प्रतिस्पर्धी कम्पनीलाई दिइएको दाबी गर्दै आएको थियो । अमेजन जेफ बेजोसको कम्पनी हो ।

चर्चित अमेरिकी पत्रिका द वासिङटन पोस्ट पनि बेजोसकै स्वामित्वमा छ । उक्त पत्रिकाले ट्रम्पको आलोचना मात्रै गथ्र्यो । सोही कारण ट्रम्पले पनि पत्रिकाको खेदो खन्थे । त्यही भएर आफूलाई नदिई ट्रम्पले सेटिङमा माइक्रोसफ्टलाई उक्त ठेक्का सम्झौता दिइएको आरोप अमेजनले लगाइरहेको थियो ।

सम्झौता रद्द भएसँगै फेरि पनि अमेजन र माइक्रोसफ्टले नयाँ बोलपत्रमा सहभागी हुन पाउनेछन् । ज्वाइन्ट इन्टरप्राइज डिफेन्स इन्फ्रास्ट्रक्चर (जेडी) माइक्रोसफ्टले जितेपछि यसले अमेजनबाट धेरै गुनासा र मुद्दा नै परेको थियो । राजनीति प्रेरित निर्णय भएको अमेजनको आरोप थियो ।

रक्षा विभागले सीमित संख्याका स्रोतबाट नयाँ प्रस्ताव समेत माग्ने जनाएको छ । त्यसमा यी दुवै कम्पनी पर्नेछन् । हाललाई यी दुई कम्पनी मात्रै यो सम्झौता गरेर मागबमोजिम आपूर्ति गर्न सक्षम छन् । तैपनि नयाँ कम्पनीबारे पनि विचार गर्ने विभागले जनाएको छ ।

जेडी सिस्टम विभागको आयु सकिएको कम्प्युटर नेटवर्कलाई प्रतिस्थापन गर्ने गरी डिजाइन गरिएको थियो । एउटा क्लाउड सिस्टममा रहने गरी डिजाइन गरिएको जेडीमै उच्च गोप्य सूचना भण्डारण हुन्थे । त्यसका लागि सन् २०१९ मा माइक्रोसफ्टलाई दिइएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया