Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय अनुसन्धान अधिकारीलाई फ्लिपकार्टको आग्रह : अमेजनलाई जस्तो व्यवहार नगरियोस् !

भारतीय अनुसन्धान अधिकारीलाई फ्लिपकार्टको आग्रह : अमेजनलाई जस्तो व्यवहार नगरियोस् !


नयाँ दिल्ली । सुपरमार्केट चेन वालमार्टको कम्पनी फ्लिपकार्टले प्रतिस्पर्धी कम्पनी अमेजनलाई जस्तो व्यवहार नगर्न भारतीय सरकारी अनुसन्धान अधिकारीलाई आग्रह गरेको छ । कम्पनीविरुद्ध सरकारी अधिकारीले धोखाधडी र प्रतिस्पर्धाविरोधी कामका लागि अनुसन्धान अघि बढाउनलागेका बेला दुई कम्पनी बिल्कुलै फरक भएको भन्दै फ्लिपकार्टले उक्त आग्रह गरेको रोयटर्सले जनाएको छ ।

अमेजन र फ्लिपकार्ट दुवैले भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) विरुद्ध अदालतमा चुनौती दिएका छन् । उनीहरूले सरकारी अनुसन्धान अघि बढ्ने भारतीय अदालतको जुनको आदेश उल्ट्याउन पनि माग गरेका छन् । दुवै कम्पनीले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन् ।

भारतीय सरकारले दुवै अमेरिकी कम्पनीविरुद्ध अनुसन्धान गरिरहेको छ । दक्षिणी भारतीय राज्य कर्णाटकको एउटा अदालतमा फ्लिपकार्टले सीसीआई र अदालतले तथ्य बंग्याएको बताउँदै दुई कम्पनी फरक भएको दाबी गरेको छ । दुई कम्पनीलाई डरलाग्दो प्रतिस्पर्धीका रुपमा लिइएकोमा समेत फ्लिपकार्टले आपत्ति जनाएको छ । भारतीय अदालतले आगामी केही दिन लिखित आदेश दिनसक्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया