Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना

चिनियाँ सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना


बेइजिड. । चिनियाँ इन्टरनेट वाचडगले देशका ठूला अनलाइन प्लेटफर्मलाई बालबालिकासँग सम्बन्धित असान्दर्भिक विषयवस्तु हटाउन निर्देशन दिएको छ ।

क्वाइशाउ, टेन्सेन्टको मेसेजिङ टुल क्युक्यु, अलिबाबाको ताओबाओ र वेइबोलाई चीनको साइबर स्पेस एडमिनिस्ट्रेसन (सीएसी)ले दण्डित गरेको हो । सीएसीले ती कम्पनीले तत्काल अवैधानिक विषयवस्तु हटाउनुपर्ने ठहर गर्दै उनीहरुलाई जरिवाना तिराएको हो ।

प्रविधि कम्पनीहरुमाथि पछिल्लो समय चीनले कडा निगरानी गरिरहेको छ । एक वक्तव्यमा सीएसीले कम्पनीहरुलाई सात प्रकारका अनलाइन समस्या समाधान गर्नुपर्ने भनेको छ । तिनमा अनलाइनमा बालबालिकालाई खर्चालु बनाउने पैसाको द्वन्द्व, अश्लील र हिंसात्मक विषयवस्तु, असान्दर्भिक कार्टुनहरुलगायतका कुराहरु समावेश गरिएका छन् ।

कम्पनीहरुलाई यसका लागि त्यस्ता विषयवस्तु हटाउन समयसीमा दिइएको छ भने त्यो बेलासम्म नगरे जरिवाना तिर्नुपर्नेछ । चिनियाँ मुख्य इन्टरनेट कम्पनीहरुमाथि चीनले कडा निगरानी गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया