Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएडीबीद्वारा विकासोन्मुख देशको वृद्धिदर संशोधन

एडीबीद्वारा विकासोन्मुख देशको वृद्धिदर संशोधन


मनिला । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि विकासोन्मुख देशको आर्थिक वृद्धिदर अनुमानमा संशोधन गरेको छ । एएफपीका अनुसार कोरोना भाइरसका नयाँँ भेरिएन्टहरु पुनः देखापर्दै गर्दा एडीबीले आर्थिक वृद्धिदरमा संशोधन गरेको हो ।

मंगलबार प्रकाशित एसियन डेभलपमेन्ट आउटलुक २०२१ मा एडीबीले विकासोन्मुख एसियामा अर्थतन्त्रको पुनरुत्थान भइरहेको उल्लेख गरेको छ । तर अप्रिलमा पूर्वानुमानित ७.३ प्रतिशतको वृद्धिदर कम गरी ७.२ प्रतिशतमा झारिएको छ । तर मुख्य विकसित अर्थतन्त्रको वृद्धिदर प्रक्षेपणमा केही फेरबदल गरिएको छैन ।

दक्षिण एसिया : उक्त रिपोर्टअनुसार कोरोनाको नयाँ लहरले यो वर्षको मार्चदेखि जुनसम्म अर्थतन्त्रमा दुष्प्रभाव परे पनि अब विस्तारै कम हुने अनुमान गरेको छ । सन् २०२१ मा यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.५ प्रतिशतबाट घटाएर ८.९ प्रतिशतमा झारिएको छ । तर सन् २०२२ का लागि भने ६.६ प्रतिशतबाट ७.० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै दक्षिण एसियाली क्षेत्रमा महंग ीभने ५.५ प्रतिशतबाट बढाएर ५.८ प्रतिशत पु-याइएको छ ।

पूर्वी एसिया : यता एडीबीले पूर्वी एसियाको वृद्धिदर ७.४ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चीनमा उद्योग विस्तार र निर्यात वृद्धिलाई दृष्टिगत गर्दै एडीबीले अनुमान परिमार्जन गरेको हो । रिपोर्टले जीडीपी वृद्धिदर चीनको लागि सन् २०२१ मा ८.१ प्रतिशत हुने र सन् २०२२ मा ५.५ प्रतिशत हुने अनुमान प्रक्षेपणा गरेको छ ।

त्यस्तै दक्षिण पूर्वी एसियाको ववृद्धिदर पनि ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारिएको छ । मध्य एसियाको ३.४ प्रतिशतबाट बढाएर ३.६ प्रतिशत पु-याइँदा प्रशान्त क्षेत्रको वृद्धिदर शून्य दशमलव तीन प्रतिशत मात्रै हुने प्रक्षेपण गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया