Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले अनलाइन खेललाई विद्युतीय लागूऔषध भनेपछि सेयरमा गिरावट

चीनले अनलाइन खेललाई विद्युतीय लागूऔषध भनेपछि सेयरमा गिरावट


बेइजिङ । चीनले अनलाइन गेमहरुलाई विद्युतीय लागूऔषधको दर्जा दिएपछि दुई ठूला चिनियाँ अनलाइन गेमिङ कम्पनीको सेयर मूल्य ह्वात्तै घटेको छ । बीबीसीका अनुसार टेन्सेन्ट र नेटएसको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको हो । हङकङको सेयरबजारमा पछि केही सुधार भने आएको बताइएको छ । लगानीकर्ताहरु बेइजिङले कम्पनीहरुमाथि थालेको कडाइप्रति चिन्तित देखिएको यसले देखाएको छ ।

बितेका केही महिनामा चिनियाँ सरकारी अधिकारीले शृंखलाबद्ध रुपमा प्रविधि र निजी शैक्षिक कम्पनीहरुमाथि कडा नीति अख्तियार गर्दै आएका छन् । सरकारी पत्रिका इकोनोमिक इन्फरमेसन डेलीले एउटा आर्टिकलमा किशोरकिशोरीहरु अनलाइन गेमिङको लतमा फसेको उल्लेख गरेको छ । यसले उनीहरुमा नकारात्मक असर पुगेको त्यसमा उल्लेख गरिएको छ ।

उक्त पत्रिका चिनियाँ आधिकारिक सञ्चार संस्था सिन्ह्वासँग आबद्ध रहेको छ । उक्त आर्टिकलमा टेन्सेन्को प्रसिद्ध गेम अनर अफ किंग्स विद्यार्थीहरुले दिनको आठ घण्टासम्म खेल्ने गरेको उल्लेख गरेको छ । त्यसमा टेन्सेन्टलाई बढी नियन्त्रित गर्नुपर्ने औँल्याइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया