Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले अफ्रिकी देशबाट दाल आयात गर्ने

भारतले अफ्रिकी देशबाट दाल आयात गर्ने


नयाँ दिल्ली । भारतले अफ्रिकी देशहरुबाट दाल आयात गर्ने भएको छ । घरेलु माग धान्न भारतले मालावी र मोजाम्बिकसँग दाल आयातको सम्झौता भएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका हुन् ।

यसबाहेक अन्य अफ्रिकी देशबाट पनि दाल आयात गर्ने तयारी भइरहेको उनको भनाइ छ । भारत–अफ्रिका कृषि तथा खाद्य शिखर सम्मेलन २०२१ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अफ्रिकाको लागि भारत चौथो व्यापार साझेदार देश भएको तथा पाँचौँ ठूलो लगानीकर्ता भएको बताए । उनका अनुसार भारतले अफ्रिकामा ७० अर्ब डलर लगानी गरेको छ ।

उनले अप्रिकासँग आर्थिक तथा वाणिज्य सम्बन्ध मजबुत बनाउने पनि बताएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । भारतले घरेलु माग धान्न दाल आयातको लागि थप देशहरुसँग सम्झौताको लागि वार्ता गरिरहेको उनको भनाइ छ । भारत दाल सबैभन्दा बढी उपभोग गर्ने देश हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया