Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतारले तत्काल काबुल विमानस्थलको जिम्मेवारी नलिने

कतारले तत्काल काबुल विमानस्थलको जिम्मेवारी नलिने


दोहा । कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ‘स्पष्ट’ सम्झौताविना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ । यहाँका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालनबारे जिम्मेवारी नलिने घोषणा गरेका छन् ।

अमेरिकी सेनाले छोडेपछि कतार एयरवेजमार्फत प्राविधिक टोली काबुल गएको थियो । तालिबानले पूरै देश कब्जा गरेपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकले काबुल विमानस्थलबाट देश छाडेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया