Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकुल विश्व निर्यातको ४५ प्रतिशत चामल निर्यात भारतबाट

कुल विश्व निर्यातको ४५ प्रतिशत चामल निर्यात भारतबाट


नयाँ दिल्ली । भारतले यो वर्ष चामल निर्यात बढाउने देखिएको छ । यसको लागि बन्दरगाहमा ह्याल्डलिङ क्षमता बढाइसकेको छ । भारतीय मिडियाहरुका अनुसार यो वर्ष भारतले कुल विश्व निर्यातकै ४५ प्रतिशत चामल निर्यात गर्न सक्नेछ ।

अहिले पनि भारत विश्वमै धेरै परिमाणमा चामल निर्यात गर्ने राष्ट्र हो । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार यो वर्षको सुरुवाती सात महिनामा नै भारतले करिब एक करोड २८ लाख ४० हजार टन चामल निर्यात गरेको छ । जुन एक वर्षअघिको तुलनामा ६५ प्रतिशतले बढी हो । चीनपछि भारत दोस्रो ठूलो चामल उत्पादक देश हो । भारतले अफ्रिका र एसियामा चामल निर्यात गर्छ । यो वर्ष भारतको कुल चामल निर्यात २२ अर्ब टनसम्म पुग्ने अनुमान गरिएको छ । यो तथ्यांकअनुसार भारतपछि धेरै चामल निर्यातमा थाइल्यान्ड, भियतनाम र पाकिस्तानको कुल निर्यातभन्दा बढी भारत एकै देशको बढी हुन्छ । यी तीन देशको निर्यात २२ अर्ब टनभन्दा कम रहेको छ । त्यसो त यो वर्ष चीन, भियतनाम र बंगलादेशजस्ता देशले पनि भारतबाट चामल खरिद गरेका छन् । सन् २०२० मा भारतको निर्यात करिब ४९ पतिशतले बढेर एक करोड ४७ लाख टन पुगेको थियो । खासगरी गैरबासमती चामलको शिपमेन्ट ७७ प्रतिशतले बढेर ९७ लाख टन पुगेको थियो ।

सन् २०२१ मा गैरबासमती चामल दुई गुणा बढेर एक करोड ८० लाख टनको नजिक पुगेको बताइएको छ । गत मार्चयता भारतबाट चामल लैजान पनि सस्तो भइरहेको छ भने गन्तव्य देशमा माग पनि बढिरहेको छ । भारतले आन्ध्र प्रदेशको काकिनाडामा रहेको बन्दरगाहबाट मुख्यतः चामल निर्यात गर्दै आएको छ । यो बन्दरगाहबाट यो वर्ष कम्तीमा पनि १० लाख टन चामल निर्यात भइसकेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया