‘जलवायुसम्बन्धी वैज्ञानिकहरूलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार
लन्डन । नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् । उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो । विश्वभर तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् ।
जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ । पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको भए । उनीहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गरेका थिए ।
त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया