Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायत र खाडी राष्ट्रबीच व्यापार सम्झौताको गृहकार्य

बेलायत र खाडी राष्ट्रबीच व्यापार सम्झौताको गृहकार्य


लन्डन । बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ । अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् ।

‘छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ’, बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भने । बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो ।

बहराइनका मन्त्री जायनीले भने, ‘हामीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेका छौँ, व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास छ ।’ यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रहरु सबैका लागि राम्रो अवसर भएको पनि उनले बताए । युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया