Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु


नयाँ दिल्ली । भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । सिन्ह्वाका अनुसार उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ ।

यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् । यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा बर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया