Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकेही दशकसम्म कोइला प्रयोग जारी राख्न राष्ट्रसंघसँग भारतको लबिङ

केही दशकसम्म कोइला प्रयोग जारी राख्न राष्ट्रसंघसँग भारतको लबिङ


लन्डन । भारतले संयुक्त राष्ट्रसंघसमक्ष केही दशकसम्म कोइला प्रयोग जारी राख्नको लागि लबिङ गरिरहेको खुलासा भएको छ । बीबीसीका अनुसार जलवायु परिवर्तनको समस्या हल गर्न देशहरुले कोइलालगायत परम्परागत इन्धनको प्रयोग घटाउनुपर्ने बताइरहेका बेला भारतले भित्रभित्रै लबिङ गरिरहेको पाइएको हो ।

यस्तो लबिङ गर्नेमा अरु धेरै देशहरु रहेको बीबीसीले प्राप्त गरेको कागजातले देखाएको समाचारमा उल्लेख छ । हरितगृह ग्यास उत्सर्जन कटौती गर्न नोभेम्बरमा हुने कोप२६ जलवायु सम्मेलनमा प्रतिबद्ध गराउने तयारी भइरहँदा देशहरु भने तत्काल यसलाई कार्यान्वयन नगर्ने पक्षमा देखिएका हुन् ।

भारत विश्वको सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश हो । त्यसपछि चीन र अमेरिका क्रमशः आउँछन् । भारतले सन् २०३० सम्ममा नवीकरणीय र आणविक ऊर्जाबाट ४० प्रतिशत विद्युतीय क्षमता पूरा गर्ने लक्ष्य लिएको छ । तोकिएको समयमा पूरा गर्न सकिने लक्ष्यको रुपमा यसलाई लिइएको क्लाइमेट एक्सन ट्र्याकर (क्याट)ले जनाएको छ ।

तर अझै पनि धेरै कोइला उपभोग गर्नेमा दोस्रो नम्बरमा पर्छ । भारतले ७० प्रतिशतभन्दा धेरै ग्रिड कोइलाबाटै प्राप्त गरिरहेको छ । त्यसकारण पनि भारतलाई कोइला प्रयोग छोड्न कठिन छ । त्यही कारण भारतले राष्ट्रसंघीय रिपोर्ट तयार गर्ने वैज्ञानिकलाई उक्त लबिङ गरेको बताइएको छ । रिपोर्टमा कसरी विश्व जलवायु परिवर्तनलाई कम गर्ने भन्ने कुरा समावेश छ । द इन्टरगभर्नमेन्टल प्यानेल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले उक्त रिपोर्ट तयार गरेको हो । यसैले जलवायु परिवर्तनलाई नजिकबाट अध्ययन गरिरहेको छ ।

क्याटले सन् २०३० सम्ममा भारतको उत्सर्जन सन् २००५ कै स्तरमा अर्थात् ५० प्रतिशतमा झर्ने अनुमान गरेको छ । यो भनेको ३५ प्रतिशत लक्ष्यभन्दा धेरै हो । तर भारतले यसलाई शून्य प्रतिशतमा झार्ने योजना अवगत गराउनुपर्नेछ । यता चीनले भने २०६० सम्ममा कार्बन न्युट्रल हुने प्रतिबद्धता जाहेर गरिसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया