बाइडेनलाई जापानको रक्षा बजेट बढ्ने आशा
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको जापानी सञ्चारमाध्यमले शनिबार जनाएको छ ।
किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएकोक्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार जापानी प्रधानमन्त्रीले आफ्नो देशको रक्षा क्षमता सुदृढ गर्ने वाचा गरेका छन् ।
किशिदाको उक्त टिप्पणी ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स बेसमा भाषणको क्रममा आएको थियोजहाँ किशिदाले उत्तर कोरियाको क्षेप्यास्त्र प्रविधिको द्रुत विकास र चीनको सैन्य विस्तारको बारेमा चिन्ता व्यक्त गरेको क्योडो समाचारले उल्लेख गरेको छ ।
जब जापानले आफ्नो विदेश र सुरक्षा नीतिहरू परिमार्जन गर्छ तब सेल्फ डिफेन्स फोर्सहरूलाई आक्रमण गर्न सक्ने क्षमता दिने विचार सहित सबै विकल्पहरू टेबलमा हुनेछन्’, किशिदाले भनेका छन् ।
जापानी प्रधानमन्त्रीले पर्याप्त पारदर्शिता कायम नगरी आफ्नो सेनालाई बलियो बनाउन चीनको चाललाई पनि औंल्याएका छन् । ‘चीनले पर्याप्त पारदर्शिता बिना नै आफ्नो सेनालाई बलियो बनाउन काम जारी राखेको छ र“ यथास्थिति परिवर्तन गर्न एकपक्षीय प्रयास समेत गरिरहेको छ’, किशिदाको टिप्पणी छ। यसअघि शुक्रबार ५० एसियाली र युरोपेली मुलुकका नेताहरूको भर्चुअल बैठकमा पनि किशिदाले चीनमा मानवअधिकारका विषयमा गम्भीर चासो व्यक्त गरेको जनाइएको छ ।
किशिदाले शिखर सम्मेलनको बीचमा हङकङ र उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रको अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेको समाचार प्रसारित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने
- आन्तरिक विवाद समाधानका लागि राप्रपाले गर्यो बैठक आह्वान
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
- तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया