Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकफी कम्पनी स्टारबक्सद्वारा चीनमा दुई हजार शाखा बन्द

कफी कम्पनी स्टारबक्सद्वारा चीनमा दुई हजार शाखा बन्द


चीन, माघ १९
कफीमा विख्याति कमाएको अमेरिकी कम्पनी स्टारबक्सले चीनमा केही सातायता फैलिएको कोरोनाभाइरसका कारण आफ्ना दुई हजार शाखा बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले चीनमा रहेकामध्ये झण्डै आधा शाखा बन्द गरेको बीबीसीले जनाएको छ । कोरोना भाइरसका कारण आफ्नो वित्तीय क्षेत्रमा समेत असर गर्ने कम्पनीको भनाइ छ । भाइरस नियन्त्रणमा लिन चीनले गरिरहेको प्रयासलाई सघाउन र आफ्ना कर्मचारीलाई भाइरसबाट जोगाउन उक्त निर्णय गरेको कम्पनीको भनाइ छ । चीनमा कम्पनीका ४ हजार ३ सय आउटलेट रहेका छन् । जुन अमेरिकापछि धेरै हो ।

हालसम्म कोरोना भाइरसका कारण १ सय ३० जनाको मृत्यु भइसकेको छ भने ६ हजारमा संक्रमण फैलिएको छ । कम्पनीका प्रमुख कार्यकारी केभिन जोन्सनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी दिए । कम्पनीले सन् १९९९ को जनवरीमा चिनियाँ राजधानीमा पहिलो चिनियाँ स्टोर खोलेको थियो । कम्पनीले चीनबाट कुल आम्दानीको १० प्रतिशत संकलन गर्दै आएको छ । त्यस्तै एप्पलका प्रमुख टिम कुकले पनि भाइरस संक्रमण फैलिएको अवस्थाको सूक्ष्म ध्यान दिइरहेको बताएका छन् ।

एप्पलले चीनमा यात्रा घटाएको छ भने काम गर्ने समय पनि कम गरेको छ । यसअघि नै फेसबुकले आफ्ना कर्मचारीलाई चीन नजान भनिसकेको छ । यता सवारीनिर्माता टोयोटाले पनि बुधबार नै फेब्रुअरी ९ सम्म चिनियाँ प्लान्टबाट उत्पादन बन्द गरेको छ । कम्पनीको टियान्जिन सहरमा र गुआंगडोंग प्रान्तमा सवारीसाधन निर्माण गर्ने प्लान्ट रहेको छ । भाइरसको उद्गमस्थल वुहानबाट हालसम्म सयौँ विदेशीको उद्धार गरिसकिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया