Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतीन वर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी

तीन वर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी


इस्लामावाद । अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन वर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सञ्चारमाध्यमबाट बाहिरिएको यो दावीलाई आधार मान्ने हो भने पाकिस्तानको इतिहासमा यो तीन वर्षमा मुद्राको सबैभन्दा उच्च अवमूल्यनमध्ये एक हो । सन् २०१८ को अगस्टमा अमेरिकी डलरविरुद्ध १२३ रुपैयाँबाट बृहत् मूल्यह्रास भई सन् २०२१ डिसेम्बरमा अमेरिकी डलरको तुलनामा १७७ रुपैयाँले घटेको पाकिस्तानी सञ्चार संस्था ‘द न्युज इन्टरनेशनल’ले जनाएको छ । पछिल्लो ४० महिनामा यो ३०.५ प्रतिशतको गिरावट भएको दन्यूजले विभिन्न तथ्यांकलाई उद्धृत गरी उल्लेख गरेको छ ।

पाकिस्तानबाट ढाका स्वतन्त्र भएको समय सन् १९७१–७२ पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग ४.६० रुपैयाँबाट ११.१० रुपैयाँ अर्थात् ५८ प्रतिशतले ह्रास भएको थियो । यो पाकिस्तानको इतिहासमा मुद्राको सबैभन्दा उच्च अवमूल्यन थियो । मुद्राको हालैको अवमूल्यन अन्तर्राष्ट्रिय मुद्रा कोश (आईएमएफ)द्वारा पाकिस्तानी आर्थिक गतिविधिमा आधारित भएर निर्धारण गरिएको स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूले यसको बृहत् अर्थतन्त्रका आधारभूत कुराहरूसँग भने कुनै सम्बन्ध नभएको जोड दिए ।

पाकिस्तानको वित्तीय नीति मौद्रिक तथा विनिमय दरका नीतिहरू अधीनमा रहँदा यहाँको आर्थिक नीति निर्माणमा पूर्ण रूपले कमजोरी देखिएको पाकिस्तानी अर्थशास्त्री डा. अशफाक हसन खानले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया