Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतले सीमामा युरोपेली वस्तुको पूर्ण भन्सार जाँच गर्ने

बेलायतले सीमामा युरोपेली वस्तुको पूर्ण भन्सार जाँच गर्ने


लन्डन, माघ २१
केही दिनअघि मात्र युरोपेली संघबाट औपचारिक रुपमै अलग्गिएको बेलायतले युरोपेली वस्तुको पूर्ण परीक्षण गरेर मात्र आफ्नो देशमा भित्रिन दिने योजना बनाएको छ । रोयटर्सका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले उक्त योजना बनाएका हुन् । समाचारमा जनाइएअनुसार बेलायतले सबै वस्तुको निर्यात तथा आयात भन्सार घोषणा, सुरक्षा घोषणा, जनावरको स्वास्थ्य परीक्षण र सबै सुपरमार्केटसम्बन्धी वस्तु परीक्षणको योजना बनाइएको छ । त्यसपछि मात्रै ती वस्तु आयातनिर्यात हुन दिइनेछ । यसअघि केही वस्तुको मात्रै परीक्षणको तयारी गरिएको थियो । गत शुक्रबार मात्रै बेलायत ईयूबाट बाहिरिएको थियो ।

अबको ११ महिनामा बेलायतले क्यानडा र ईयूसँग स्वतन्त्र व्यापार सम्झौता गरिसक्नुपर्नेछ । सम्झौता नभएको अवस्थामा बेलायतले वस्तु आयातमा कडाइ गर्ने योजना बनाएको बुझिएको छ । ईयूसँग कुनै सम्झौता नभए बेलायती वस्तु ईयू सदस्यराष्ट्रमा निर्यात हुँदा अर्को वर्षदेखि करको सामना गर्नुपर्नेछ । सम्झौता नै भए पनि दुवैले एक अर्काको वस्तुको कडा परीक्षण गर्न सक्नेछन् । यसले बेलायती व्यवसायलाई असर गर्ने बताइएको छ । बेलायतले ईयूको भन्सार युनियन र बजार छाड्ने भएकाले पनि आफ्नो लागि व्यवस्था परिवर्तन गर्नैपर्ने भएको उल्लेख गरेको छ । तर बेलायतको चेम्बर्स अफ कमर्सले भने आइरहेका वस्तु निर्बाध आइरहनुपर्ने माग गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया