Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको विद्युत् आपूर्ति बढ्यो

भारतको विद्युत् आपूर्ति बढ्यो


नयाँ दिल्ली, माघ २२
भारतको विद्युत् आपूर्ति जनवरी महिनामा ३.२५ प्रतिशतले बढेको छ । लगातार पाँच महिनासम्म घटेको विद्युत् आपूर्ति पुनः वृद्धि भएको प्रान्तीय सरकारको तथ्यांकले देखाएको हो । यसले ऊर्जा उत्पादकहरुमा खुसी ल्याएको छ । जनवरीमा विद्युत् आपूर्ति बढेर १ खर्ब ६ अर्ब युनिटसम्म पुगेको रोयटर्सले जनाएको छ । गत वर्ष १ खर्ब ३ अर्ब युनिटमात्रै रहेको थियो । प्रान्त सरकारहरुको पावर सिस्टम अपरेसन कर्पको तथ्यांकले यस्तो देखाएको हो । संघीय ऊर्जा मन्त्रालयअन्तर्गत रहेको भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आधिकारिक तथ्यांक यही महिनाको अन्त्यतिर सार्वजनिक गर्ने बताइएको छ । पोसोकोले हरेक दिनको विद्युत् खपतसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया