अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग
ढाका । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बंगलादेश पठाएको छ । ‘विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार एक सय ८० मात्रा कोभिडविरूद्धको खोप बंगलादेशका लागि पठाएको छ’, ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने ।
सार्वजनिक–निजी साझेदारी गावीको सह–नेतृत्वमा विश्वव्यापी वितरण पहलमा विश्वभर कोभाक्सको ४० करोडभन्दा बढी खोप अमेरिकाले विदेशलाई सहयोग गरिसकेको ती अधिकारीले बताए । वासिङ्टनले विश्वभर एक अर्ब १० करोडभन्दा बढी खोपको मात्रा सहयोग गर्र्ने वचन दिएको छ । अमेरिकी यस बचन पालना हुनसकेमा अन्य कुनै पनि देशले भन्दा बढी खोप सहयोग गर्ने मुलुक अमेरिका बन्नेछ । अमेरिकाले ग्वाटे मालादेखि पापुआ न्यु गिनीजस्ता देशहरूमा खोपहरू पठाइसकेको छ । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया