Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकिटक्याट र नेसक्याफेको मूल्य बढ्ने

किटक्याट र नेसक्याफेको मूल्य बढ्ने


लन्डन । चर्चित चकलेट किटक्याट र नेसक्याफे उत्पादन गर्ने कम्पनी नेसलले मूल्यवृद्धि हुनसक्ने चेतावनी दिएको छ । उत्पादन लागत बढेको भन्दै कम्पनीले चकलेटको मूल्य बढ्नसक्ने चेतावनी दिएको हो ।

फुड ग्रुपका मालिक मार्क स्नाइडरले यो वर्ष मूल्य बढ्ने अनुमान गरेको बताए । उनले कम्पनीमा महंगी टार्ने कुनै ठाउँ नभएको बताए । उता ड्युरेक्स र डेटोलको उत्पादक रेकिटले पनि मूल्य बढ्नसक्ने बताएको छ ।

रेकिटको सन् २०२१ मा खर्च ११ प्रतिशतले बढेको थियो तर प्रमुख कार्यकारी लक्ष्मण नरसिंहनले भने यसको मतलब पैसामा मूल्य बढ्ने नहुने बताए । कम्पनीसँग मूल्य व्यवस्थापनका अनेक उपाय भएको उनको भनाइ छ ।

‘हामी हाम्रो ब्रान्डको प्रतिस्पर्धालाई पनि हेर्छौँँ’, उनले भने । कम्पनीका प्रमुख वित्तीय अधिकृत जेफ कार भने कम्पनीको खर्च बढेको बताउँछन् । कम्पनीको यस्तो भनाइसँगै बिहीबार सेयर मूल्य ५.४ प्रतिशतले बढेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया