Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअलिबाबा र टेन्सेन्ट ‘नक्कली सामान बेच्ने खराब कम्पनी’

अलिबाबा र टेन्सेन्ट ‘नक्कली सामान बेच्ने खराब कम्पनी’


वासिङटन । संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरु अलिबाबा र टेन्सेन्टलाई ‘खराब बजार सूची’मा राखेको छ । बीबीसीका अनुसार नक्कली सामान बिक्री गरिरहेको आरोप लगाउँदै दुवै कम्पनीलाई यस्तो सूचीमा राखिएको हो ।

यो सूचीमा ४२ अनलाइन साइटहरु र ३५ भौतिक स्टोरहरु रहेका छन् । यसमा इकमर्स प्लेटफर्महरु उल्लेख्य मात्रामा रहेको बताइएको छ । अमेरिकी व्यापार संस्थाका अनुसार यी कम्पनीहरु नक्कली ट्रेडमार्कलाई प्रवद्र्धन गरिरहेका छन् । अमेरिका र चीनबीच व्यापार र प्रविधिलाई लिएर लामो समयदेखि सुसम्बन्ध छैन ।

यस्तो क्रियाकलापले अमेरिकी आविष्कार र सृजनशीलतासँगै अमेरिकी श्रमिकलाई हानि पु¥याउने द अफिस अफ द युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटिभ (यूएसटीआर)ले एक वक्तव्यमा उल्लेख गरेको छ । यो सूचीमा पहिलोपटक अलि एक्सप्रेस र विच्याट इकमर्स साइटहरु परेका हुन् । अलि एक्सप्रेस अलिबाबाको र विच्याट टेन्सेन्टले सञ्चालन गरेको कम्पनी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया