Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा १६ हजार कोरोनाका नयाँ संक्रमित

भारतमा १६ हजार कोरोनाका नयाँ संक्रमित


नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार पाँच सय २४ संक्रमित भएका केन्द्य्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ  ।

सोही अवधिमा संक्रमणमुक्त भएकाको संख्या भने ३७ हजार नौ सय एक रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार नौ सय ८४ जना संक्रमणमुक्त भएका छन् । अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या दुई लाख दुई हजार एक सय ३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ । कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा दुई सय छ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १२ हजार एक सय नौ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया