Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्ली विधान सभा निर्वाचन : साँझ ५ बजेसम्म ४४.५२ प्रतिशत मत खस्यो

दिल्ली विधान सभा निर्वाचन : साँझ ५ बजेसम्म ४४.५२ प्रतिशत मत खस्यो


नयाँ दिल्ली, माघ २६
भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा साँझपाँच बजेसम्म ४४.५२ प्रतिशत मत खसेको छ । दिउसो तीन बजेसम्म करिब ३० प्रतिशत मतदान भएकोमा दिन सकिँदै जाँदा मतदानका लागि मतदान केन्द्रमा पुग्नेको भीड बढेको अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगको एपले गरेको मतदाता सहभागीहरूको सर्वेक्षण नतिजामा अनुसार साँझ पाँच बजेसम्म ४४.५२ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान गर्न साँझ छ बजे मतदान केन्द्रमा पुगी लाइनमा बसेका मतदातालाई अवसर दिने निर्वाचन आयोगले बताएको छ । दिल्लीबाट राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति हामिद अन्सारी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, दिल्ली उपराज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, काङ्ग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले शनिबार मतदानमा सहभागिता जनाएका छन् ।

कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्राले पनि दिल्लीबाट मतदान गर्नुभएको छ । दिल्ली विधान सभाका लागि हुने शनिबारको मतदानका लागि एक करोड ४० लाख मतदाता रहेका छन् । जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता रहेका छन् । दिल्लीमा ८६९ तेस्रो लिङ्गी मतदाता रहेका छन् । मतदानका लागि १३ हजार ५७१ मतदान केन्द्र रहेको दिल्लीमा करिब तीन हजार मतदानका हिसाबले संवेदनशिल र १४४ अति संवेदनशिल केन्द्रहरू रहेका भन्दै ती स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यस प्रतिस्पर्धा सत्ताधारी आम आदमी पार्टी, भाजपा र कांग्रेसबीच धेरै हदसम्म त्रिकोणात्मक प्रतिस्पर्धा रहने बताइएको छ । भाजपा र कांग्रेस दुवैले आफ्ना सहयोगीहरूलाई केही सिट दिएका छन् । सन् २०१५ मा सम्पन्न निर्वाचनमा मुख्यमन्त्री केजरीवालको दलले ६७ सीटमा विजय प्राप्त गरेको थियो । निर्वाचन परिणाम आगामी मङ्गलबारसम्म घोषणा गरिने बताइएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया