अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
इस्लामावाद । पाकिस्तानका नयाँ विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकासँग सुसम्बन्ध कायम गर्ने चाहना अभिव्यक्त गरेका छन् । अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र पाकिस्तान बाहिर निस्किनुपर्ने तथा प्रधानमन्त्री इमरान खानको नेतृत्वमा वर्षौंको तनावपूर्ण सम्बन्धलाई बिर्सेर अब त्यसलाई नयाँ चरणमा प्रवेश गराउनुपर्नेमा उनले जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय विश्वव्यापी खाद्य संकट बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३३ वर्षीय छोरा बिलावल भुट्टो जरदारीले एसोसिएटेड प्रेससँगको एक अन्तर्वार्तामा आफ्नो देशले अमेरिकासँग सुसम्बन्ध कायम गर्न चाहेको बताएका हुन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग एक घण्टा लामो छलफलसहित अन्य शीर्ष कूटनीतिज्ञहरूसँग वार्ता गरेपछि उनले ती भेटवार्ता अति उत्साहजनक, सकारात्मक एवम् फलदायी भएका बताए । पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग सबै तहमा संलग्नता कायम राख्नुपर्नेमा जोड दिँदै उनले पारस्परिक सम्पर्क र सम्बन्धका निम्ति आफूले गरेका पहिलो चरणका भेटवार्ता महत्वपूर्ण रहेका बताए ।
विगतमा अफगानिस्तानका घटना, भू–राजनीतिक विचारका कारण पाकिस्तान–अमेरिका सम्बन्धमा धेरै उतारचढाव आए पनि अबको हाम्रो सम्बन्ध अझ फराकिलो, गहिरो र थप अर्थपूर्ण बनाउनेतर्फ केन्द्रित हुने समय भएको विदेशमन्त्रीले बताए ।
‘हामीले अफगानिस्तानको शासनको बारेमा जेसुकै महसुस गरे पनि विश्वले अफगान जनतालाई त्याग्न सक्दैन र तुरुन्तै देशको मानवीय संकट र बिग्रेको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्छ’, अफगान अर्थतन्त्रको पूर्ण पतन अफगानिस्तान, पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायको लागि विपत्ति हुने उल्लेख गर्दै उनले भने ।
पाकिस्तानले तालिबानलाई आतंकवादको लागि आफ्नो देश प्रयोग नगर्ने, केटी र महिलाहरूले शिक्षा हासिल गर्न पाउनुपर्ने तथा समावेशी सरकार गठन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरिरहेको जानकारी पनि विदेशमन्त्री जरदारीले दिए । रासस/एपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया