Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसामसङले साढे तीन खर्ब डलर लगानी गर्दै

सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै


सोल । सामसङले मंगलबार साढे तीन खर्ब अमेरिकी डलर व्यावसायिक लगानी गर्ने योजना तयार पारेको छ । आगामी पाँच वर्षभित्र गरिने उक्त लगानीले ८० हजार नयाँ रोजगारी सिर्जना गर्नेछ ।

युक्रेनमा भइरहेको युद्धले निम्तिएको आपूर्तिगत समस्याले खलबल्याएको आर्थिक वातावरणका बाबजुद कम्पनीले सन् २०२६ सम्म तीन खर्ब ५६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको हो । चिप उत्पादन र बायोफर्मास्युटिकल्सजस्ता आफ्नो मुख्य व्यवसायमा कम्पनीले लगानीको योजना अघि सारेको हो । यदि यो कार्यान्वयन भए अघिल्लो पाँच वर्षमा कम्पनीले गरेको लगानीभन्दा यो ३० प्रतिशतले बढ्ने देखिएको छ ।

यो सबैमध्ये दुई खर्ब ८५ अर्ब डलर लगानी दक्षिण कोरियामै हुने बताइएको छ । तर बाँकी रकम कहाँ लगानी हुने भन्नेचाहिँ कम्पनीले अहिले नै खुलाइसकेको छैन । यो लगानीले १६ हजार पद वार्षिक सिर्जना हुँदा ८० हजार मानिसले नयाँ रोजगारी पाउनेछन् । यसअघि कम्पनीले सन् २०२१ देखि २०२३ सम्म कम्पनीले ४० हजार रोजगारी सिर्जना गर्ने बताएको थियो । धेरैजसो रोजगारी दक्षिण कोरियामै सिर्जना हुनेछ । यसबाहेक विश्वभर अनुसन्धान र विकास केन्द्र रहेका कारण बेलायत, अमेरिका, क्यानडा र फिलिपिन्समा समेत रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । सामसङ प्रविधि कम्पनी हो । यसका स्मार्टफोन र टेलिभिजनहरु विश्वभर चर्चित छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया