विश्व बैंकले श्रीलंकालाई ७० करोड अमेरिकी डलर दिने
कोलम्बो । विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलंकालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलंकाका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
भेटमा मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए । मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् ।
विश्व बैंकका देशीय प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलंकाको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताएका छन् । हाल श्रीलंकाले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या निम्त्याएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया