Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको सिन्ध ब्यारेजमा ६१ प्रतिशत पानीको अभाव

पाकिस्तानको सिन्ध ब्यारेजमा ६१ प्रतिशत पानीको अभाव


इस्लामावाद । सिन्धका तीनवटै ब्यारेजहरू माथिल्लो सिन्धमा गुड्डु र सुक्कर ब्यारेज र कोट्री ब्यारेज डाउनस्ट्रीममा ६१ प्रतिशत पानीको कमी देखिएको छ ।

गुड्डुको माथिको तरबेला बाँध र तौन्सा ब्यारेजको पानी अझै सुख्खा स्तरमा रहेको एआरवाई न्यूजले सुक्कर ब्यारेज कन्ट्रोल रुम इन्चार्जले सार्वजनिक गरेको पानीको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेक गरेको छ ।

पानीको तथ्यांकअनुसार तरबेलामा सिन्धु नदीमा पानीको वहाव ८९ हजार चार सय क्युसेक र बाँधमा ८८ हजार छ सय क्युसेक पानीको वहाव रहेको छ । कालाबागमा पानीको वहाव ७९ हजार तीन सय ८७ क्युसेक रहेको छ भने विसर्जन ७६ हजार तीन सय ८७ क्युसेक रहेको छ ।

सिन्धु नदीको पानी तौन्सा ब्यारेजमा ८१ हजार ८१४ क्युसेक रहेको छ भने वहाव ७४ हजार चार सय २२ क्युसेक रहेको नदीको पानीको तथ्यांक छ ।

गुड्डु ब्यारेजमा पानीको बहाव ५५ हजार छ सय २८ क्युसेक रहेको छ भने ब्यारेजमा ४६ हजार दुई सय ६६ क्युसेक पानीको वहाव छ । सिन्धमा पानीको अभाव ठूलो समस्या बनेको छ। सिन्ध प्रान्त मात्र नभई पञ्जाब प्रान्तमा पनि ७५ प्रतिशतसम्म पानीको कमी छ । पञ्जाब प्रान्तले बिहीबार आफ्नो आवश्यकता एक लाख २७ हजार आठ सय क्युसेकको तुलनामा ५३ हजार एक सय क्युसेक पानी आपूर्ति गरेको छ ।

पञ्जाब सिँचाइ विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार तौन्सा ब्यारेजले छ हजार सात सय क्युसेक मात्रै पानी आपूर्ति गरेको छ । यो २५ हजार क्युसेकको आवश्यकताभन्दा ७३ प्रतिशत कम हो । त्यसैगरी, थाल नहरमा ८ हजार क्युसेकको आवश्यकतामा दुई हजार क्युसेक पानी छोडिएकाले ७५ प्रतिशत अभाव भएको थियो ।

पञ्जनाद ब्यारेज पनि ६६ प्रतिशत अभावका साथ १२ हजार ७ सय क्युसेकको आवश्यकतामा चार हजार तीन सय क्युसेक प्रवाह गर्दै आएको छ । त्यस्तै रसूल ब्यारेजमा ५९ प्रतिशत पानीको कमी छ ।

सुलेमानकी ब्यारेज र तल्लो बहावल नहर दुवैमा ५४/५४ प्रतिशत, सिधनाई ब्यारेजमा ५१ प्रतिशत, इस्लाम ब्यारेजमा ५० प्रतिशत र त्रिम्मु ब्यारेजमा ४३ प्रतिशत पानी अभाव छ ।

मैल्सी नहरमा ३३ प्रतिशत पानी अभाव छ । तीव्र गर्मीको लहरसँगै पानीको तीव्र अभावले पाकिस्तानको सिन्ध र पञ्जाबबीच देशको जलस्रोतको आफ्नो हिस्सालाई लिएर तनाव उत्पन्न गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया