Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतार एयरवेजले कमायो १.५४ अर्ब डलर मुनाफा

कतार एयरवेजले कमायो १.५४ अर्ब डलर मुनाफा


कतार । कतार एयरवेजले आर्थिक वर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक संकटबाट जोगाउन ‘सफल रणनीति’ बनाई संकटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।

कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिडपूर्वको सन् २०१९–२०२० को राजस्व संकलनभन्दा गत बर्ष उल्लेखनीय दुई प्रतिशत बढी राजस्व बुझाउन सफल भएको छ । ‘विश्वव्यापी एयरलाइन उद्योगमा अहिलेसम्मकै सबैभन्दा कठिन समयमा कमाएको मुनाफा एयरलाइन्सलको चतुर र सफल रणनीतिको सकारात्मक परिणामको श्रेय हो’, विज्ञप्तिमा भनिएको छ ।

कतार एयरवेजले ‘ग्राहकको आवश्यकता र बजारका अवसरहरूको विकासका साथसाथै दक्षता र यसका विश्वभर रहेका कर्मचारीहरूप्रति प्रतिबद्ध रहिरहेको उल्लेख गरेको छ ।

‘यो मुनाफा कतार एयरवेज ग्रुपका लागि मात्र नभई विश्वभर यस वित्तीय वर्षका लागि वित्तीय परिणाम प्रकाशित गर्ने अन्य सबै एयरलाइन्सहरूमाझ सकारात्मक रेकर्ड पनि हो’, एयरलाइनले भनेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया