Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारऊर्जा बचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

ऊर्जा बचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने


ढाका । बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन् । यो नियम देशैभर लागू गर्न पनि उनले अनुरोध गरेकी छिन् ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका हुन् । ऊर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राति ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ । पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नुपरेको हो । बेलुका चाँडै बजार बन्द गर्दा विद्युत् तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापारघाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ । (रासस/सिन्ह्वा)

‘पद्मा पुल बीआरआईको हिस्सा होइन’
बंगलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो ।

पद्मा बहुउद्देश्यीय पुल पूर्णरूपमा बंगलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ । बीआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बंगलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो । आगामी शनिबार उक्त पुल आवागमनका निम्ति खुला गरिँदै छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया