Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको पद्मा पुल यातायातका लागि खुल्ला

बंगलादेशको पद्मा पुल यातायातका लागि खुल्ला


ढाका । चिनियाँ कम्पनीले निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र रेलमार्गबाट सिधा सञ्चार स्थापनाका लागि महत्त्वपूर्ण हुने बताएकी छिन् ।

उक्त पुलको निर्माणसँगै बंगलादेशको जीडीपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने र प्रतिवर्ष ०.८४ प्रतिशत विन्दुले गरिबी दर घटाउने अपेक्षा गरिएको उनले बताएकी छिन् । पुललाई केन्द्रमा राखेर नयाँ आर्थिक क्षेत्र र हाईटेक पार्क निर्माण गरिनेछ । फलस्वरूप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र मुलुकको औद्योगिकीकरणको गतिले गति लिने प्रधानमन्त्रीको दाबी छ ।

‘पद्मा पुल एसियाली राजमार्ग नेटवर्कको एक प्रमुख हिस्सा हो, जसले क्षेत्रीय व्यापारमा ठूलो योगदान पु¥याइरहेको छ’, उनले भनिन् । उक्त पुल ढाकाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ जसको कुल लम्बाइ ९.८ किलोमिटर छ र त्यसमध्ये मुख्य पुल ६.१५ किलोमिटर लामो छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया