Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविमानमा यात्रा गर्दा फेसबुक चलाउन पाइने !

विमानमा यात्रा गर्दा फेसबुक चलाउन पाइने !


एजेन्सी नयाँ दिल्ली, फागुन ८

विस्तारा एयरलाइन्सले अब विमानभित्रै उडानका बेला वाइफाइ सेवा दिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनी यस्तो सेवा दिने पहिलो भारतीय विमान सेवा प्रदायक बन्नेछ । विस्ताराले नयाँ बोइङ७८७ ड्रिमलाइनर विमानमा उडानकै बेला वाइफाइ र स्ट्रिमिङ भिडियो सेवा उपलब्ध गराउनेछ । यस्तो सेवाले कम्पनीको लोकप्रियता बढाउने विस्तारको दाबी छ । यही महिना कम्पनीले उक्त विमान ल्याउँदै छ । विस्ताराका प्रमुख रणनीति अधिकृत विनोद काननले बुधबार यस्तो जानकारी दिएको नवभारत टाइम्सले जनाएको छ । यो सेवा सुरु भए यात्रुले फेसबुक, वाट्सएपजस्ता सामाजिक सञ्जालमा आनन्द लिन सक्नेछन् ।

साथै अनलाइन गेम समेत खेल्न सक्नेछन् । कम्पनीले यस्तो सुविधा उपयोग गरेबापत यात्रुले व्यहोर्नुपर्ने खर्च यही साता सार्वजनिक गर्ने तयारी समेत गरेको छ । विस्तार एयरलाइन्स सिंगापुर एयरलाइन्स र टाटा समूहबीचको संयुक्त उपक्रममा बनेको कम्पनी हो । यसले सन् २०१५ मा सेवा सुरु गरेको थियो । हाल यो कम्पनीसँग ३२ एयरबस ए३२० र सातवटा बोइङ ७३७ विमान छन् । कम्पनीका अनुसार पानासोनिक एभियानिक्स कर्प र नेल्को लिमिटेडसँग मिलेर भारत र भारतीय एयरस्पेसमा स्याटेलाइट कनेक्टिभिटी सेवा दिने तयारी गरिएको छ भने विस्तार यसको पहिलो ग्राहक बन्नेछ । भारतले उडानको बेला वाइफाइ सेवा सुरु गर्न सन् २०१६ मा योजना बनाएको थियो । तर सुरक्षालाई लिएर चासो बढेपछि त्यसमा ढिलाइ भएको थियो । भारतीय विमान मन्त्रालयले उडानका बेला भ्वाइस, डाटा तथा भिडियो सेवा उपलब्ध गराउनको लागि इन्डियन टेलिग्राफ ऐनका प्रावधान र यससँग सम्बन्धित नियमहरु संशोधनको लागि दूरसञ्चार विभागसँग मिलेर काम गरिरहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया