Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहङकङ पुगेका सीले के भने ?

हङकङ पुगेका सीले के भने ?

चिनियाँ राष्ट्रपति सी महामारीयता पहिलोपटक मूलभूमि बाहिर


हङकङ । राष्ट्रपति सी चिनफिङ र हङकङका कार्यकारी प्रमुख क्यारी लामबीच बिहीबार हङकङमा भेटवार्ता भएको छ । उक्त अवसरमा राष्ट्रपति सीले मुख्य कार्यकारीको रूपमा लामको पाँच वर्षे कार्यकालमा भए गरेका कामहरूलाई केन्द्रीय अधिकारीहरूले पूर्ण रूपमा स्वीकार गरेको बताए ।

उनले केन्द्रीय सरकारको सहयोगमा प्रमुख कार्यकारीको रूपमा एक देश दुई प्रणालीको नीति र आधारभूत कानूनको दृढताका साथ पालना गरेको र पाँच वर्षयता उनको कार्यप्रति केन्द्र सरकार सन्तुष्ट रहेको बताए । भेटमा क्यारी ल्यामले हङकङमा महामारी अझै देखिएको बेलामा हङकङको भ्रमण गरेकामा राष्ट्राध्यक्ष सी चिनफिङप्रति हार्दिक आभार ज्ञापन गरेकी थिइन् ।

राष्ट्राध्यक्ष सीको हङकङ निरीक्षण भ्रमण मातृभूमिलाई बलियो र समृद्धि बनाउने र उनको हङकङ निरीक्षण भ्रमण पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको पनि उनले बताइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया