Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित


सिडनी । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।

स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । झन्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् । पछिल्लो चार दिनमा झन्डै आठ महिनामा पर्ने वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन् । आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् । बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् ।

ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपत्कालीन अवस्थामा एक सयभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ । जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई बेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयम्सेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x