Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत

गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत


नयाँ दिल्ली । भारतले गहुँ आयातमा लगाएको अतिरिक्त शुल्क हटाउने तयारी गरेको छ । रोयटर्सका अनुसार देशभित्रको बढ्दो मूल्यवृद्धि रोक्न हाल लगाइएको ४० प्रतिशत शुल्क हटाउने तयारी गरिएको हो ।

भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो । मे महिनामा भारतले गहुँ निर्यातमा रोक लगाएको थियो । तातो हावाले बालीमा असर गरेको भन्दै भारतले गहुँ निर्यात रोक्नुपरेको दाबी गरेको थियो । तर निर्यात रोके पनि स्वदेशमा गहुँको मूल्य घटेन बरु कीर्तिमानी रुपमा बढ्यो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा त्योभन्दा बढी मूल्य हुनपुगेको थियो । यसले बाहिरबाट व्यापारीहरुलाई गहुँ आयात गर्न समेत समस्या परेको थियो ।

यदि सरकारले अतिरिक्त शुल्क हटाएमा र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा आउँदै गरेको चाडपर्वको याममा गहुँ आयात गर्न सकिने व्यापारीहरुले बताएका छन् । हिन्दूबहुल देश भारतमा चाडपर्वका बेला यसको माग उच्च हुने गर्छ । सरकारका एक वरिष्ठ अधिकारीका अनुसार मूल्य घटाउन सरकार लागिपरेको छ । उनीहरुले औद्योगिक क्षेत्रका व्यक्तिहरुसँग समेत यसबारे छलफल गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया