इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
जकार्ता । इन्डोनेसियाले देशमा १० लाख नरिवलको बिरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।
जोकोवीको नामले चिनिने राष्ट्रपतिले त्यहाँका दुईवटा गाउँको भ्रमण गर्ने क्रममा स्थानीय अधिकारीहरूसँग नरिवलका बिरुवा रोपेको बताइएको छ । राष्ट्रपति जोकोवीले अहिलेसम्म त्यस प्रान्तमा करिब दुई लाख नरिवलका रूखहरू रोपिएको बताएका छन् । ‘अहिले यो सुरु मात्र गरेका छौँ करिब १० लाख नरिवलका बिरुवा रोप्ने लक्ष्य छ’, उनले भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका हुन् ।
नरिवलको रुखले एक वर्षमा एक सय ८० वटा फल फलाउन सक्ने र पाम सुगर र खाना पकाउने तेलमा प्रशोधन गर्न सकिने बताइएको छ । साथै यसबाट स्थानीयको आम्दानीमा वृद्धि हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया