Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाको त्रासले अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य

कोरोनाको त्रासले अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य


लन्डन, फागुन १३
सोमबार अन्तर्राष्ट्रियबजारमा चार प्रतिशतले घटेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत उत्तिकै फैलिनथालेपछि त्यसको असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको रोयटर्सले जनाएको छ । लगानीकर्ताहरुको ध्यान त्यसले तान्दा कच्चा तेलको मागमा त्यसको प्रभाव देखिएको हो ।

भाइरस रोकिने छाँटकाँट नदेखिँदा ग्लोबल इक्विटी घाटामा गएको हो । पछिल्ला केही दिनयता इरान, इटली र दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेपछि चिन्ता छाएको छ । सोमबार ब्रेन्ट क्रुड ४ प्रतिशत अर्थात् २.३४ अमेरिकी डलरले घटेर ५६.१६ डलर प्रतिब्यारेल कायम भएको छ । अमेरिकी क्रुड फ्युचर पनि २.०५ डलर अर्थात् ३.८ प्रतिशतले घटेर ५१.३३ डलर प्रतिब्यारेल कायम भएको छ । पछिल्ला दिनमा कोरोना संक्रमण झन् फैलिएपछि लगानीकर्ताहरुले यसलाई रोक्न नसकिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण कोरियको चौथो ठूलो सहर थेगुमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरियामा सात जनाको भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै इटलीमा पाँच जनाको मृत्यु र १ सय ५० जना फ्लुजन्य भाइरसबाट संक्रमित भइसकेका छन् । यता इरानमा ६१ जनामा संक्रमण र १२ जनाको मृत्यु भइसकेको छ । यसबाहेक अफगानिस्तान, इराक, कुवेत, साउदी अरेबिया र टर्कीले इरानमा यात्रा प्रतिबन्ध जारी गरेका छन् । कोरोनाकै कारण अर्थतन्त्र समेत प्रभावित हुने डर पैदा हुनथालेको छ ।

तेलको मूल्यमा सोमबार चीनका चार प्रान्तले भाइरस संक्रमण घटाएको बताएपछि राहत भएको थियो । आइतबार मात्रै चिनियाँ राष्ट्रपति सि चिनफिङले भाइरसको अर्थतन्त्रमा पर्ने प्रभाव रोक्न आवश्यक नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएका थिए । अमेरिकामा तेल उत्पादन लगातार तेस्रो हप्ता बढेको छ । बैंक अफ अमेरिका ग्लोबल रिसर्चले सन् २०२० का लागि ब्रेन्ट क्रुड ६२ डलर प्रतिब्यारेल हुने अनुमान प्रक्षेपण गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया