Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगोर्बाचेभको अन्तिम विदाइमा गएनन् पुटिन

गोर्बाचेभको अन्तिम विदाइमा गएनन् पुटिन


मस्क । शीतयुद्ध अन्त्य गर्न र सोभियत संघको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभलाई श्रद्धाञ्जलि दिन शनिबार हजारौंको संख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् ।

क्रेमलिनले राजकीय अन्त्येष्टिको घोषणा गर्न इन्कार गर्नु गोर्बाचेभको ‘विरासत’को बारेमा उसको बेचैनीलाई प्रतिविम्बित गरेको छ । गोर्भाचेभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिष्ट समाजवादी धारले उनलाई सोभियत संघ विघटनको दोषी मान्ने गरेको छ भने अमेरिकालगायतले प्रशंसा गर्ने गरेका छन् ।

सोभियत संघको पतन र त्यसपछिको आर्थिक मन्दीको लागि सोभियत संघमा धेरैले उनको आलोचना गर्ने गरेका छन् । उनको कदमले रूसी जनतालाई गरिबीमा डुबाएको बुझाइ रूसीहरूको रहेको छ । गत बिहीबार पुटिनले मस्कोको एक अस्पतालमा गोर्बाचेभको कफिनमा निजी रुपमा पुष्पगुच्छा अर्पण गर्दै गोर्भाचेभको ‘अन्तिम विदाइ’ गरेका थिए । क्रेमलिनले राष्ट्रपतिको व्यस्तताले उनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।

पुटिन कुन खास काममा व्यस्त रहेको भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार पत्रकारहरूसँग भने, ‘राष्ट्रपति पुटिनले शृङ्खलाबद्ध बैठकहरू, अन्तर्राष्ट्रिय फोन कलहरू गर्नेछन् र अर्को हप्ता रूसको सुदूर पूर्वमा एक व्यापार मञ्चको लागि तयारीको कार्यक्रम छ ।’

९१ वर्षको उमेरमा मंगलबार निधन भएका गोर्बाचेभलाई उनकी पत्नी रायसाको छेउमा रहेको मस्कोको नोभोडेभिची चिहानमा अन्त्येष्टि गरिनेछ । उनलाई हाउस अफ द युनियन्सको पिलर हलमा विदाइ समारोहपछि अन्त्येष्टि गरिनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया