जर्मनीको ‘अस्थायी कब्जामा’ रुसी तेल कम्पनी
बर्लिन । जर्मन सरकारले अस्थायी रुपमा रुसी ऊर्जा कम्पनी रोसनेफ्टका दुई सहायक कम्पनीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
जर्मनमा रहेका तीन प्रशोधन गृहमा रहेको रोसनेफ्टको सेयर स्वामित्व सरकारले अस्थायी रुपमा नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । तीमध्ये उत्तरपुूर्वी क्षेत्रमा रहेको मुख्य कम्पनी पनि परेको छ । जसले बर्लिनको ९० प्रतिशत हाराहारीको इन्धन आपूर्ति गर्छ । त्यसैमा रोसनेफ्टको धेरै सेयर स्वामित्व छ ।
जर्मनीका अर्थमन्त्रीले यो कदमलाई आवश्यक भनेका छन् । जर्मनको ऊर्जा सुरक्षाका लागि यो अपरिहार्य भएको उनको भनाइ छ । अप्रिलमा पनि रुसी ग्यास कम्पनी गाजप्रोमका सब्सिडरी कम्पनीहरुको स्वामित्व जर्मनीले नियन्त्रणमा लिएको थियो ।
शुक्रबार जर्मन सरकारले ब्रान्डेनबर्गमा रहेको पीसीके स्कवेड्ट रिफाइनरीको स्वामित्व राष्ट्रिय ऊर्जा नियामकलाई दिएको थियो । उसैलाई अरु दुईवटा रिफाइनरीको स्वामित्व पनि हस्तान्तरण गरिएको छ । ग्राहकहरुले रोसनेफ्टसँग कारोबार गर्न नपाएकोले यस्तो निर्णय लिइएको जर्मन सरकारले बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया