Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतीन सन्तानलाई व्यावसायिक जिम्मेवारी दिँदै अम्बानी

तीन सन्तानलाई व्यावसायिक जिम्मेवारी दिँदै अम्बानी


भारत । भारतीय चर्चित अर्बपति मुकेश अम्बानीले आफ्ना तीन सन्तानलाई व्यवसाय बाँड्ने भएका छन् । बीबीसीका अनुसार २ खर्ब २० अर्ब डलरको व्यवसाय उनले आकाश, ईशा र अनन्तलाई बाँड्ने तयारी गरेका छन् । यसमा दुई जना आकाश र ईशा अम्बानीले रिलायन्स इन्डस्ट्रि लिमिटेडको दूरसञ्चार र खुद्रा व्यवसाय क्रमशः सम्हाल्नेछन् । कान्छा छोरा अनन्तलाई भने नवीकरणीय ऊर्जा हेर्ने जिम्मेदारी दिने मुकेशको चाहना छ ।

यो कर्पोरेट इन्डियाको नेतृत्व हस्तान्तरणलाई चासोका साथ हेरिएको छ । रिलायन्स बजार मूल्यका हिसाबले भारतकै सबैभन्दा ठूलो मूल्यवान् कम्पनी हो । मुकेशले विवादरहित रहेर व्यवसाय हस्तान्तरण गर्न चाहेका छन् । उनले छोरी ईशालाई दिनलागेको नेतृत्व अम्बानी परिवारको महिलाले अहिलेसम्म पाएकोमध्ये भिन्न हुनेछ । बितेको दशकमा भारतीय व्यावसायिक घरानाभित्र महिलाहरुलाई मुख्य जिम्मेवारी कमै मात्र दिइएको छ ।

अम्बानी अहिले ६५ वर्षका छन् । उनी रिलायन्सका प्रमुख र प्रबन्धनिर्देशक छन् । उनले आफ्ना सबै सन्तान समान रहेको बताउँदै सोहीअनुसार व्यवसाय बाँडफाँट गर्ने बताइसकेका छन् । सोहीअनुसार उनकी छोरी ईशाले पाउनलागेको जिम्मेवारीलाई हेरिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया