Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने खतरा’

‘पाकिस्तानमा बाढीपछि रोग र कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्ने खतरा’


इस्लामाबाद । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पाकिस्तानमा मनसुनी बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् । पाकिस्तानमा मनसुनी वर्षाका कारण बेलायतको एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६०० जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ ।

सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । धेरै लामखुट्टेको टोकाइबाट बच्न अस्थायी टेन्टमा बसिरहेका छन् । प्रायः स्थानमा सफा पिउने पानी वा धुने सुविधाको अभाव छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेंगु, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताए । राजधानी इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो व्यक्तिगत चिन्ता के हो भने पानीबाट हुने रोगबाट हुने मृत्यु दर कुपोषणबाट हामीले अहिलेसम्म देखेको भन्दा बढी हुनेछ ।’

यो एक शान्त तर यथार्थवादी बुझाइ हो । बाढीका कारण करिब तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण करिब २० लाख घर तथा व्यापारिक परिसर ध्वस्त भएका छन् । सात हजार किलोमिटर सडक बगाएको छ भने ५०० पुल भत्किएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया