Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखाद्यान्न उत्पादनमा जोड

खाद्यान्न उत्पादनमा जोड


बेइजिङ । चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्व दिएका छन् । उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

उहाँको टिप्पणी छ, खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली लागू गर्नुपर्छ ।

सबै तहका पार्टी समिति र सरकारहरूले कृषि, ग्रामीण क्षेत्र र किसानहरूसम्बन्धी कार्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रमुख नीति, निर्णय र योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया